मोबाइलको दुनियामा एक समयको बादशाह नोकिया फेरी आफ्नो पुरानो स्थापित मोडेल फोन ३३१० सहित बजारमा उदाएको छ । स्पेनमा जारि मोबाइल वोर्ल्ड कंग्रेसमा नोकियाले एक बिसेष कार्यक्रम मार्फत ३३१० को नया भर्जन सहित नोकिया ३, नोकिया ५ र नोकिया ६ सार्बजनिक गरेको छ ।
३३१० फोन करिव १७ वर्ष पहिले लञ्च भएको थियो र विश्वमा सबैभन्दा धेरै बिक्री भएको फोन बनेको थियो । २००५ मा बन्द हुनु अघि १२.६ करोड युनिट विकेको रेकर्ड छ । नोकिया ३३१० आफ्नो बलियो र स्नेक गेमका लागि चिनिन्छ ।
नोकियाको ब्राण्ड अब फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ । ३३१० स्मार्टफोन नभई फिचर फोन नै हो तर, यसमा इन्टरनेट चल्छ र अन्य केहि फिचर थप भएको छ ।यो एस ३०+ अपरेटिङ सिस्टममा चल्नेछ र २.५ जीको सुस्त गतिको कनेक्टिभिटी हुनेछ । यसमा दुई मेगापिक्सलको एक क्यामेरा पनि रहेको छ ।
३३१० फोनको सबैभन्दा मुख्य विशेषता ब्याट्री हो । एचएमडीका अनुसार यो फोनले एक महिनाको स्ट्याण्डबाइ टाइम दिनेछ जबकि यसमा २२ घन्टासम्म कुराकानी गर्न सकिनेछ । बजारमा आउन अझै केहि समय लाग्ने नोकियाका फोनहरुले चाडै बजार लिने प्रबिधि बिज्ञहरु बताउछन् । ३३१० मोडेल नेपाली बजारमा आइपुग्दा यसको मूल्य कम्तिमा ६ हजार पर्ने छ ।
नोकिया ८
यसैगरी नोकियाले नया एन्ड्रोइड फोनको रुपमा अरु ४ सेट पनि सार्बजनिक गरेको छ । नोकिया ८ फ्लागशिप मोडेल हो जसमा ४ जिबिको र्याम र २४ मेगापिक्सलको क्यामेरा रहेको छ । यसको मूल्य नेपाली बजारमा आइपुग्दा ५० हजारको हाराहारीमा पर्न सक्छ ।
नोकिया ६
नोकिया ६ पनि राम्रो बिशेषतामा रहेको स्मार्टफोन हुनेछ । यसमा ४ जीबी र्याम र १६ मेगापिक्सलको क्यामेरा सहित हुनेछ । यसको मूल्य नेपाली बजारमा आइपुग्दा ३५ हजारको हाराहारीमा पर्ने छ ।
नोकिया ५
नोकिया ५ मा २ जीबीको र्याम र १३ मेगापिक्सल क्यामेरा सहितको हुनेछ । यसको मूल्य नेपाली बजारमा आइपुग्दा ३० हजारतल पर्न सक्छ ।
नोकिया ५ मा २ जीबीको र्याम र १३ मेगापिक्सल क्यामेरा सहितको हुनेछ । यसको मूल्य नेपाली बजारमा आइपुग्दा ३० हजारतल पर्न सक्छ ।
नोकिया ३
यो बजेट फोनको रुपमा आउनेछ । यसमा २ जीबी र्याम हुनेछ । नेपाली बजारमा यो फोन २० हजारको हाराहारीमा पर्न सक्छ ।
Source: livingwithict




0 comments:
Post a Comment