पिकेमा कुनै अमूक ग्रहबाट पृथ्वी यात्री बनेका बलिउड नायक आमिर खान लगत्तै आफ्नो सपना छोरीमा लाद्ने बाबु बनेर फिल्म दंगलमा देखिए ।

दंगलको सफलता सेलाउन नपाउँदै भारतीय शहर हैदराबादको एक मिडियाले आमिर खान आगामी फिल्ममा अन्तरिक्ष यात्रीको भूमिकामा देखिने खुलासा गरेको छ ।

रिपोर्टका अनुसार भारतका पहिलो अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा आधारित फिल्ममा आमिर खेल्ने भएका छन् । भारतीय पहिलो अन्तरिक्ष यात्री शर्मा सन् १९८४ मा अन्तरिक्ष पुगेका थिए । उनी अन्तरिक्षमा ७ दिन २१ घण्टा र ४० मिनेट बसेको रिपोर्टमा उल्लेख छ ।

शर्माको बायोपिक महेश माथाईले निर्देशन गर्नेछन् । रिपोर्टमा अन्तरिक्ष यात्री शर्माको भनाईसमेत उल्लेख छ ।

उनले भनेका छन्,‘८ वर्षको प्रतिक्षापछि यो क्षणमा आइपुगेका छौं । आमिर खानले मेरो भूमिका गर्दैछन् । फिल्मका अन्य कुराहरु निक्र्यौल हुन बाँकी छ ।’ शर्माले आफ्नो भूमिका आमिर खानले गर्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।

0 comments:

Post a Comment

 
Top