नयाँ दिल्ली, १५ फागुन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका उच्च अधिकारीसँग छलफल र परामर्श गर्न भारतीय विदेश मन्त्रालयका उच्च पदस्थ कर्मचारी यसै महिनाको अन्त्यसम्ममा वाशिङ्गटन भ्रमण गर्ने भएका एक भारतीय उच्च अधिकारीले बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा हालै मात्र ट्रम्प प्रशासनले अमेरिकी ब्यापारिक वा अन्य संस्थाहरुले विदेशी प्राविधिक वा विशेष शीपयुक्त कर्मचारीलाई काममा लगाउन कठीन हुने प्रकृतिको विधेयक प्रस्तावना गरेको छ ।

यदि यस विधेयक अमेरिकी काङ्ग्रेसबाट पारित भएमा भारत वा अन्य मुलुकका प्राविधिक वा विशेष ज्ञान तथा शीप हासिल गरेका निपुण कर्मचारी समान योग्यताका अमेरिकीहरु सरह काम गर्न पाउने छैनन् ।

यस्तै तथा अन्य विषयमा उच्च पदस्थ अमेरिकी कर्मचारी संयन्त्रसँग छलफल र परामर्श गर्ने उद्देश्यले भारत सरकारका विदेश सचिब एस. जयशंकर जानु हुने भएको हो ।

साथै, केही दिन अघि क्यान्सास राज्यको एक रेष्टुराँः क्यान्सास सिटी बारमा एक जना अमेरिकी सन्काहाले कुनै उद्देश्य बिना जथाभावी गोली प्रहार गरेर अमेरिकामा कार्यरत एकजना भारतीय इन्जियरको हत्या गरेको र अर्कोलाई सख्त घाइते तुल्याएको हुँदा भारतीय विदेश सचिबले विदेशी कर्मचारीको सुरक्षाको प्रबन्ध बारे चासो राख्ने पनि छलफलको विषयबस्तु रहने जानकारी दिइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता बिकास स्वरुपले विदेश सचिबको वासिङ्गटन भ्रमण बारे विस्तृत विवरण खुलाउन चाहेनन् । तर समाचार श्रोतका अनुसार विदेश सचिब जयशंकरले अमेरिकी विदेश मन्त्रालयका कार्यबाहक उप–बिदेशमन्त्री टम श्यानन र अन्य उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रशासन सम्हाल्न शुरु गर्नु भएको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्ता दिइ सक्नु भएको थियो । – एपी

0 comments:

Post a Comment

 
Top