संसारमा सेक्सका बारेमा धेरै समाचारहरु बन्ने गरेका छन् । यदी तपाईलाई एकवर्षसम्म सेक्स नगरीकन बस्ने भनियो भने बस्न सक्नुहुन्छ ? केही असंभव जस्तो लाग्न सक्ला । तर, जर्मनका मानिसहरु एक वर्षसम्म सेक्सबिना रहन सक्ने बताएका छन् ।
उनीहरुको एक सतसहित यस्तो बताएका हुन् । सर्तअनुसार उनीहरुलाई एक वर्षसम्म सेक्स नगरेबापत भने १० लाख युरो दिनुपर्नेछ ।
यो सबै निष्कर्ष एक सर्वेले निकालेको हो । जर्मनीमा गरिएको एक सर्वेमा १० लाख युरोकालागि मानिसले के सम्म छोड्न सक्छ भनेर अध्ययन गरिएको थियो । केबल २७ प्रतिशत मानिसहरुले ड्राबिइङ लाइसन छोड्न सक्ने बताएका थिए ।
त्यस्तै ७ प्रतिशत मानिसले १० लाख युरो पाए आफ्नो जीवनको तीनवर्ष दिन तयार रहेको बताएका थिए । यसैबिच २ प्रतिशतले त्यति रकम पाएमा आफ्नो पाँच इन्द्रिय मध्ये एक इन्द्रिय दान गर्न तयार रहेको बताएका थिए । त्यस्तै एकप्रतिशत मानिसले सरकारको नोकर भएर बस्न तयार रहेको बताएका थिए । बाँकीले भने एक वर्षका लागि सेक्स नगरी बस्ने बताएका थिए ।
यो नतिजा ‘जर्मन वा धन’ नामक सर्वेमा आएको थियो । यस सर्वेमा जुन देखि अप्रिलसम्म दुई लाख मानिसले भाग लिएका थिए । सर्वेमा पैसा कहाँ राख्नुहुन्छ समेत भनेर प्रश्न गरिएको थियो । २५ प्रतिशतले बजारमा लगानी गर्ने बताएका थिए ।
सर्वे टोलीका प्रमुख नेतृत्व लिएका क्रिस्टोफ ड्रोएसर भन्छन्,‘पैसाको मामिलामा जर्मन मानिसहरु एकदम सजग रहेका छन् ।’ नेपालीपत्रको सहयोगमा

0 comments:
Post a Comment