ललितपुर, फागुन १०। चर्चित हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य 'मह यात्रा लिएर देश दौडाहामा निक्लने भएका छन्।
उनीहरूले यात्राका क्रममा देशभरका १० शहरमा आफ्नो मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्। कार्यक्रम आगामी फागुन १३ देखि २५ गतेसम्म देशका विभिन्न प्रमुख शहरहरुमा आयोजना हुने छ।

मह जोडीको टोलीमा उनीहरूका अलावा नरेन्द्र कंशाकार, किरण केसी, शिव हरि पौडेल, मोहित श्रेष्ठ, योमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी तथा रुद्र अधिकारी लगायतको टिम रहनेछ।
फागिन १३ गते पोखराबाट सुरू हुने यात्रा भैरहवामा १४ गते, धनगढीमा १६ गते, महेन्द्रनगरमा १७ गते, नेपालगञ्जमा १८ गते, बुटवलमा १९ गते, सौराहा, चितवनमा २० गते, विराटनगरमा २२ गते, विर्तामोडमा २३ गते र धरानमा २४ गते हुने छ।
रोयल ट्रेजरको प्रस्तुती रहेको यस मह यात्रा– २०७३ मा होटल संघ नेपालको समेत सहभागिता रहेको छ। नगद संकलन गर्ने उद्देश्य राखिएको यस कार्यक्रमार्फत उठ्ने रकमबाट होटल संघ नेपालको क्षेत्रीय खण्ड अन्र्तगतका अतिथि सत्कार उद्योगहरुको सुधार एवम् उत्थानमा खर्च गरिनेछ।
उठेको रकम यस्ता उद्योगहरुमा कार्यरत कर्मचारीहरुलाई आवश्यक तालिम एवम् छात्रवृत्ति समेत उपलब्ध गराइने योजना रहेको छ। मह यात्रालाई हिमालयन डिस्टिलरीले प्रायोजन गरेको हो। सेतोपाटीको सहयोगमा

0 comments:

Post a Comment

 
Top