काठमाडौं – रोल्पाको थवाङ पुगेर पार्टीको नामम परिवर्तन गरेका नेत्रत्रिवmम चन्द विप्लवले सरकारले बैशाख ३१ का लागि घोषणा गरेको स्थानीय तहको चुनाव बहिस्कार गर्ने भएको छ ।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तीमा चुनावको कुनै औचित्य नरहेको उल्लेख छ । उनले विज्ञप्तीमा प्रतिक्रियावादी राज्यसत्ताको पछाडि नलागी आफ्नै जनसत्ता चलाउने चेतावनी पनि दिएका छन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट सो पार्टीको नाम परिवर्तन भएर नेपाल कम्युनिष्ट पाटी मात्र भएको छ । पार्टी स्रोतका अनुसार स्थनीय तहको चुनाव बहिस्कार मात्र होइन, भाड्ने रणनीति अनुसार अगाडि बढ्ने नीति तय भएको छ । यसका लागि हरेक गाविसस्तरमा चुनाव बहिस्कार टीम बनाएर परिचालन गर्ने योजना रहेको स्रोतले बतायो । बैशाख १ बाट यस्तो टीमले काम थाल्ने पार्टी स्रोतको भनाई छ ।

रातोपाटीको ससयोगमा

0 comments:

Post a Comment

 
Top