विमल योगी
काठमाडौं, १० फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।
सरकारले सोमबार राति निर्वाचन मिति तोकेलगत्तै आन्दोलन घोषणा गरेको मोर्चाले मंगलबार दिउँसो प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको हो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मोर्चाको सहमतिविनै संशोधन विधेयक पारित नगरी सरकारले चुनाव घोषणा गरेकोले आजको प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने निर्णय भएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले दिउँसो तीन बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक आह्वान गरेका थिए ।
0 comments:
Post a Comment