अमेरिकाको कैससर राज्यको एक रेस्टुरेन्टमा एक हमलावरले दुई भारतीय समेत तीन जनामाथि गोली चलाएका छन् । यसमा एक भारतीय युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार हमलावर ५१ वर्षीय ऐडम पुरिटनको केही घण्टापछि छिमेकको मिसूरी राज्यबाट गिरफ्तार गरिएको छ ।
स्थानीइ मिडियाले प्रत्यक्षदशीलाई उदृत गर्दै जनाएअनुसार यो नश्लवादी हमला हो । हमलवाबरले गोली चलाउनु पुर्व ‘मेरो देशबाट बाहिर निस्क’ भन्दै कराएका थिए ।
एक अनुमान अनुसार उसले दुवै भारतीयलाई मध्य पूर्व मूलका सोचेर हमला गरेका थिए । तर प्रहरीले यसबारे केही भनेको छैन ।
दवै भारतीय मध्ये ३२ वर्षीय श्रीनिवास कुचीवोतलालाई उपचारको क्रममा अस्पतालमा मृत्ये भएको थियो भने ३२ वर्षकी आलोक मदासानी तथा २४ वर्षका इएन ग्रिलाटको अवस्था गम्भीर रहेको छ ।
उनीहरु इन्जिनियर भएको बताइएको छ । प्रहरीका अनुसार हमला ओलेथा शहरमा बुधबार शाम आस्टिन बार एण्ड ग्रिलमा भएको थियो ।लोकान्तरको सहयोगमा
Home
»
bisesh
»
world news
» ‘मेरो देशबाट बाहिर निस्क’ भन्दै अमेरिकामा भारतीय इन्जिनियरको गोलीहानी हत्या
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment