फागुन १३, मलेसिया– ओखल्ढुङ्गा कुइभिरका भिम घिमिरेको मलेसियामा डुबेर मृत्यु भएको छ ।
दुई वर्ष अगाडी काबेली प्राईभेट ओभर्सिज मेनपावरबाट मलेसियाको सेलाङ्गर राज्यमा रोजगारीका लागि पुगेका घिमिरेको छुट्टी मनाउने क्रममा २३ फेव्रुअरीमा समुन्द्रमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो ।
घिमिरेसँगै पौडी खेल्न गएका अन्य दुईजना साथीले डुवेको देखेपनि उनलाई बचाउन नसकेको सँगै गएका चित्र घिमिरेले बताए । तीन दाजु भाइमध्ये कान्छा भीमका माईला दाइ नेपाल आर्मीमा जागिरे छन् भने जेठा केही समयअघि मलेसियाबाट नेपाल फर्केका छन् । श्रीमती र १९ महिने छोरालाई घिमिरेले गर्भमा छोडेर मलेसिया गएका थिए । २७ वर्षीय घिमिरेको दुःखद समचार सुनेर उनका बुबा आमाको अवस्था चिन्ताजनक रहेको छ । घटनापछि घिमिरे काम गर्ने कम्पनीका सञ्चालकहरुको रोहबरमा उनको शव शल्यक्रियाका लागि २४ फेव्रुअरी २०१७ मा अस्पताल लगिएको छ । शल्यक्रियापछि शव नेपाल पठाउने तयारी भइरहेको चित्र घिमिरेले जानकारी दिए ।
यसैबीच केही दिन अघिमात्र श्रीचौरका मान बहादुर बिकको शव घर पठाइए लगतै कुइभिरका घिमिरेको मृत्युको खवरप्रति ओखलढुंगा एकता सेवाले दुख व्यक्त गरेको छ । घिमिरेका १९ महिने बालक र अन्य परिवारलाई उचित शिक्षा दीक्षाको लागि सहयोग गर्न समाजले अपिल गरेको छ ।रातोपाटीको सहयोगमा


0 comments:
Post a Comment