काठमाडौं, फागुन १२। महाशिवरात्रीको अवसरमा भोलि बिहिबार पाशुपात क्षेत्रमा बिहानैदेखि सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालका अनुसार गौशाला क्षेत्र हुँदै चल्ने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर मैतिदेवीमोड, सिफल चौर, गौरीघाट, तिलगंगा, चुच्चेपाटीबाट डाईभर्सन गरिने भएको छ।
त्यस्तै तिनकुने र गोपिकृष्णबाट गौशाला आउने मालबाहक सवारी साधनलाई चावहिल र तिनकुनेबाटै प्रवेशमा रोक लगाइने महाशाखाले जनाएको छ।
नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने मालबहाक सवारी साधन तथा पानी ट्याङकरलाई गौशाला क्षेत्र प्रवेशमा रोक लगाइने छ। सवारी साधन लिएर मन्दिर जाने दर्शनार्थीहरुको लागि तिलगंगा, अमालकोट, सिफलचौर, कोषको कार्यालय र गौरीघाटमा पार्किङको व्यवस्था मिलाइएको छ।
सुरक्षा निकायका सवारी साधनहरु प्रहरी वृत्त गौशालामा पार्किङ गर्न पाउनेछन्। सेतोपाटीको सहयोगमा

0 comments:

Post a Comment

 
Top