काठमाडौं १० फागुन - स्थानीय तहको निर्वाचन घोषणा गर्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ ।
मोर्चाको आपत्तिका बाबजुद प्रधामनन्त्रीले निर्वाचन मिति घोषणा गरेकोले सर्वदलीय बैठकमा जानुको औचित्य नरहेको सद्भावना पार्टीका सहध्यक्ष लक्ष्मणलाल कर्णले लोकान्त्रलाई बताए । ‘हामीले आन्दोलनको घोषणा गरिसकेकोले सर्बदलीय बैठकमा जादैनौ’ उनले भने । मोर्चाले संसदमा संविधान संशोधन विधेयक अगाढि बढाएमा भने छलफलमा भाग लिने बताएको छ ।
निर्वाचन घोषणा पछिको परिस्थतीको बिषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले मंगलवार दिउसो संसद भवन नयाँ वानेश्वरमा सर्वदलीय बैठकको आह्वान गरेका छन। लोकान्तरको सहयोगमा

0 comments:

Post a Comment

 
Top