काठमाडौं, १० फागुन । नेकपा (एमाले)ले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’ व्यवस्थापन कार्यालयको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पूर्वनिधारित कार्यक्रम भएकाले अवरोध नपुर्याउन सम्पूर्ण राजनीतिक दल र संघसंस्थालाई अनुरोध गरे ।

ओलीले आफूहरुको अभियान राष्ट्रिय एकताका बारेमा प्रष्ट पार्ने र यो कसैका बिरुद्ध नहुने स्पष्ट पार्दै भने– ‘तर, यसमा अवरोध तथा भाँजो हालिए एमालेले त्यसको दृढतापूर्वक प्रतिवाद गर्नेछ ।’

हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने ओलीको विश्वास छ । ‘अभियानमा तय गरिएका नारा वडा, वडा र गाउँ गाउँमा गुञ्जिनुपर्छ, प्रत्येक कार्यकर्ता एक पटक अभियानमा सहभागी हुनुपर्छ’–अध्यक्ष ओलीले भने– ‘अभियानमा पार्टीले वर्तमान परिस्थितिका बारेमा र गर्न खोजेका कामका बारेमा समेत बुझाउने छ ।’

अध्यक्ष ओलीको सोमबार स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको समेत बताए ।

मेची–महाकाली अभियानअन्तर्गत ठाउँ ठाउँमा पदयात्रा र आमसभा पनि हुनेछ ।

0 comments:

Post a Comment

 
Top