काठमाडौं, १५ फागुन । स्वास्थ्यमन्त्री गगन थापाले मृत्यु पश्चात ७ वटा अङ्ग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका छन् ।
आइतबार स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्री थापाले मृत्युपछि अंग दान गर्जे निर्णय गरेको उनका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए । स्वास्थ्यमन्त्री थापाले मृत्यु पश्चात मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, मिर्गौलादान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरे ।
मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धि ऐन २०५५ मा अंग प्रदान गर्नका लागि इच्छुक व्यक्तले आफ्नो जीवनकालमै तोकिएको ढाँचाबमोजिम मञ्जुरी दिनुपर्छ ।
0 comments:
Post a Comment