सात वर्षपछिको समय अध्ययनमा खर्चेकी उनले २५ वर्षको उमेरमा सिनेमा ‘मेरो वेस्ट फ्रेण्ड’ बाट मुख्य अभिनेत्रीको रुपमा ब्रेक लिइन् । तर उनले पहिले काम गरेको सिनेमा भन्दा पछि काम गरेको सिनेमा ‘कलिउड’ पहिला रिलिज भयो । कामको हिसावले ‘मेरो वेस्ट फ्रेण्ड’ पहिलो भए पनि रिलिजको हिसावले भने उनको पहिलो सिनेमा कलिउड नै हो ।
अमेरिका फर्किन चाहन्थिन् प्रियंका
प्रियंका मिस टिन २००५ हुन् । मिस टिन भएपछि उनले दुई वर्ष बिज्ञापन र टेलिभिजनमा प्रस्तोता भएर काम गरिन् । यहि क्रममा उनलाई सिनेमा पढ्न मन लाग्यो र २००७ मा अमेरिका हान्नीईन् । अमेरिकामा पाँच वर्ष पढेर प्रियंका नेपाल फर्किइन् । उनी नेपालमा सिनेमा ‘मेरो वेस्ट फ्रेण्ड’मा काम गर्नको लागि आएकी थिईन् । पहिलो सिनेमामा काम गरिसकेपछि उनलाई फेरि पनि अमेरिका नै बस्न मन लागेको थियो । तर उनलाई सिनेमा कलिउडले फर्किन दिएन । कलिउड सिनेमाले दिएको सफलताले नै प्रियंका नेपाल बस्न बाध्य भएकी थिइन् भन्दा फरक पर्दैन । कलिउड पछि प्रियंकाले सिने करिअरलाई पछाडि फर्केर हेर्नु परेको छैन । उनलाई खास सफलता भने चलचित्र झोलेले दिलाएको थियो । उनको चलचित्र झोले व्यवसायिक रुपमा सफल भएसँगै उनी अहिलेकी सर्वाधिक व्यस्त नायिका बन्न सफल भइन् ।
नेपाली सिनेमाकी फेसन आइकन
सफलताको हिसावले पछिल्लो समयमा उत्कृष्ट नायिका बनेकी प्रियंकालाई धेरैले फेशन आइकन पनि भन्छन् । हुन पनि उनको गेटअप अन्य नायिकाको भन्दा बेग्लै र शानदार हुन्छ । यसका लागि उनी आफूलाई फरक देखाउन सधैँ ध्यान दिने गर्छिन् । तर कहिले काँही राम्रो र अरुको भन्दा बेग्लै ड्रेस लगाउने चक्करमा उनलाई ड्रेसले धोका दिएका पनि छन् । प्रियंका पटक–पटक लुगाले धोका दिएका कारण आलोचित हुने गर्छिन् । तर उनी यस्ता कुराहरुलाई सामान्य रुपमा लिन्छिन् ।
विज्ञापनमा अरु भन्दा अगाडि
प्रियंकाले सिनमाको कामसँगै बिभिन्न ब्राण्डहरुलाई प्रमोट गर्दै आइरहेकी छिन् । तत्कालिन समयमा प्रियंका पाँचवटा ब्राण्डकी ब्राण्ड एम्बेसडर हुन् । जसमा कोकाकोला, बर्जर पेन्ट, सेफ्टी सेनेटरी न्यापकिन, मेगा ब्यांक, कलर्श मोबाईल लगायत पर्छन् । त्यस्तै हाल उनले एन सेललाई पनि प्रमोट गर्ने गरेकी छिन् तर उनी एन सेलको ब्राण्ड एम्बेसडर भने बनेकी छैनन् । उनलाई अहिलेसम्म कतिवटा ब्राण्डको एम्बेसडर बनेँ भन्ने नै थाहा छैन रे ।
0 comments:
Post a Comment