रामपुर (पाल्पा), १७ फागुन । यसैबीच, राधा दामोदर मावि साँखरका लागि सरस्वतीको मूर्ति सहयोग प्राप्त भएको छ । साँखरका स्थानीय बासिन्दा एवम् विद्यालयका संस्थापक प्रधानाध्यापक वसन्त बस्ताकोटीले रु चार लाख बराबरको सरस्वतीको मूर्ति सहयोग गर्नुभएको हो ।

“विद्याको मन्दिर मानिने विद्यालयमा अध्ययनरत विद्यार्थीलाई धार्मिक तथा सांस्कृतिक संस्कार सिकुन् भन्ने उद्देश्यले मूर्ति सहयोग गरेको हुँ”, मूर्ति सहयोगदाता बस्ताकोटीले भन्नुभयो । सो मूर्तिको सोमबार शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले उद्घाटन गर्दै शैक्षिक गुणस्तर वृद्धिका निम्ति परम्परागत शिक्षणको सट्टा समयसापेक्ष आधुनिक शिक्षामा जोड दिन शिक्षक, अभिभावकलाई अनुरोध गर्नुभयो ।


0 comments:

Post a Comment

 
Top