बाँके निर्माण व्यवसायी सघका अध्यक्ष जितेन्द्र बहादुर हमालले गुणस्तरीयताका कारण सानो समयमानै पश्चिम नेपालमा त्रिशक्ति र बज्रशक्ति सिमेन्टको प्रयोग सबैभन्दा बढी हुन थालेको बताउनु भयो । उहाँले बागेश्वरी सिमेन्ट प्रालिको स्थापनना पछि यस क्षेत्रमा भारतीय सिमेन्टको प्रयोग धेरै कम भएको पनि बताउनु भयो ।
केही समयअघिसम्म अधिकांश निर्माण ब्यबसायी र निजि घर बनाउने उपभोक्ता समेत भारतीय सिमेन्टमै निर्भर रहने गरेकोमा अहिले सो अवस्था नरहेको अध्यक्ष हमालको भनाई छ ।
यस्तै बाँकेका अर्का निर्माण ब्यबसायी सुशिल कुमार जालानले पनि बागेश्वरी सिमेन्ट प्रालिको स्थापनापछि पश्चिम नेपालमा नेपाली सिमेन्टको बजार धेरै बिस्तार भएको र भारतीय सिमेन्टको बजार न्यूनस्तरमा पुगेको बताउनु भयो ।cement udhog
शहरी विभाग तथा भवन निर्माण कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख सुनिल कुमार ठाकुरले बागेश्वरी सिमेन्टको गुणस्तर निकै उत्कृष्ठ भएको उल्लेख गर्दै त्यसले निर्माणमा कुनै आशंका गर्न नहुने बताउनु भयो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बागेश्वरी सिमेन्ट प्रालि लगायतका उद्योगहरुकै कारण सिमेन्ट उत्पादनमा मुलुक आत्मनिर्भर हुँदै गएको बताउनु भयो । उहाँले राष्ट्रको आर्थिक विकासमा सिमेन्ट्स उद्योगले महत्वपूर्ण योगदान दिन थालेको भन्दै राज्यले त्यसको उचित मुल्याङ्कन गर्नुपर्ने माग गर्नुभयो । केही समय पहिलेसम्म भारतीय सिमेन्टमा निर्भर रहेको पश्चिम नेपालका उपभोक्ताले अब नेपालकै गुणस्तरीय सिमेन्ट प्रयोग गर्न पाईरहेकोमा खुशी ब्यक्त गर्दै उहाँले स्वदेशमै गुणस्तरीय सिमेन्ट उत्पादन गरेर नेपाली उद्योगले प्रसशनिय कार्य गरेको बताउनु भयो । जय बागेश्वरी सिमेन्टस्ले निर्माण विकासमा उल्लेख्य भुमिका निर्बाह गरेको समेत अध्यक्ष बैशयको भनाई थियो ।
जय बागेश्वरी सिमेन्टस् प्रालि उद्योगका प्रवन्धक सन्चालक निशान्त चाचानले बागेश्वरी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको गुणस्तरमा कुनै कमी नराखिने जनाउँदै यस क्षेत्रका अधिकांश निर्माण ब्यबसायी र उपभोक्ताले सो सिमेन्ट रोजेकोमा आभार ब्यक्त गर्नुभयो ।
उहाँले जय वागेश्वरी सिमेन्ट्सको उत्पादन अतिनै धेरै गुणस्तरयुक्त भएको जनाउँदै अति अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको पनि जनाउनु भयो ।
जय बागेश्वरी सिमेन्ट्सले हाल त्रिशक्ती सिमेन्टस, सुपर र बज्र शक्ति ब्राण्डमा सिमेन्टको उत्पादन गर्दै आएको छ । यसको प्रतिदिन उत्पादन क्षमता हाल दश हजार बोरा रहेको र यसै वर्ष भित्र सोहि क्षमताको अर्को प्लान्ट राखी ओपिसी सिमेन्टको उत्पादन गर्ने लक्ष्य रहेको प्रालिले जनाएको छ ।
गोरखापत्र अनलाइन डटकम बाट साभार गरिएको
0 comments:
Post a Comment