काठमाडौं, १२ फागुन – शिवरात्रि भन्नेबित्तिक्कै युवापिँढीमा गाँजा, भाङ र धतुरो खाने दिनको रूपमा लिने कुप्रवृत्ति बढ्दो छ । पशुपति क्षेत्रमा आएका केही बाबाहरू पनि खुलेआम गाँजा व्यापार गर्छन् ।
कतिपय युवाहरू गाँजा खानकै लागि पशुपतिमा आउने र गाँजा लिन बाबाहरूसँग झुम्मिँदै गरेको देख्न सकिन्छ । यस वर्षको शिवरात्रि शुक्रवार परेको छ । त्यसैले पशुपति क्षेत्रमा चहलपहल बढ्दैछ । भारतबाट आएका नागा बाबाहरूको बाक्लो उपस्थितिले झन् रौनक थपेको छ ।
कतिपय युवाहरू गाँजा खानकै लागि पशुपतिमा आउने र गाँजा लिन बाबाहरूसँग झुम्मिँदै गरेको देख्न सकिन्छ । यस वर्षको शिवरात्रि शुक्रवार परेको छ । त्यसैले पशुपति क्षेत्रमा चहलपहल बढ्दैछ । भारतबाट आएका नागा बाबाहरूको बाक्लो उपस्थितिले झन् रौनक थपेको छ ।
गंगा बाबा, राधे बाबा, आइरन बाबा
केही बाबा गाँजा व्यापार गर्नकै लागि बाहिरबाट पोका बोकेर आउने र चुरोटमा वा चिलिममा भर्दै खान चाहने युवाहरूलाई बेच्ने गर्छन् । प्रतिखिल्ली ५०/६० रुपैयाँसम्म लिने गर्छन् । उनीहरू शिवरात्रिलाई गाँजा व्यापारको रूपमा लिने गर्छन् ।
युवाजमातमा शिवरात्रि एक विकृत धार्मिक संस्कारका रूपमा बढ्दै गएको पाइन्छ । र गाँजालाई शिवरात्रिमा भगवान् शिवजीको प्रसाद भन्दै खाने युवा जमात पनि ठूलो छ । यसले युवाहरूलाई कुलततिर अग्रसर गराएको कतिपयको भनाइ छ ।
राममन्दिरलगायत पशुपति परिसरमा धुनी जगाउँदै बसिरहेका प्रायः बाबाहरू गाँजा बनाउन र आएका युवाहरूसँग गाँजा खुवाएबापत पैसा असुल्न व्यस्त देखिन्छन् ।
यसरी शिवरात्रिलाई गाँजा खाने दिनका रूपमा विकृत बनाइरहेको प्रति पशुपतिस्थित राममन्दिरका परिसरमा रहेका केही साधुबाबा भने चिन्तित देखिए ।
राममन्दिर परिसरमा विगत २५ वर्षदेखि बस्दै आएका ६७ वर्षीय लोहा नागा बाबाले शिवरात्रि गाँजाको व्यापारका रूपमा परिचित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
जिउमा खरानी घसेर राममन्दिर परिसरमा धुनी जगाउँदै बसिरहेका उनको पुरानो घर सिराहा–२ हो । उनी विगत २५ वर्षदेखि राममन्दिरमा बस्दै आएका छन् । अहिले राममन्दिर परिसरमा बाबाहरूको इन्चार्जका रूपमा काम गर्छन् । शिवरात्रिमा आउने भक्तालुहरूको आकर्षणको केन्द्र हुन् उनी ।
लोहा नागा बाबा
भारतबाट आउने बाबाहरूको गाँजा व्यापारका बारेमा प्रतिक्रिया दिँदै उनले प्रहरी प्रशासनले त्यसलाई नियन्त्रणमा ल्याउन कडाइ गर्नुपर्ने धारणा राखे ।
उनी आफू गाँजा र भाङ खाँदैनन् । केवल धुनी जगाउँदै जिउमा खरानी घसेर शिवको आराधनामा व्यस्त हुन्छन् ।
त्यस्तै नेपाली बाबाका रूपमा परिचित पशुपति मन्दिरको अघिल्तिर बस्ने पाँच बाबाहरू पनि शिवरात्रिमा गाँजा र भाङ खाने गलत प्रवृत्ति हावी भएको बताउँछन् ।
बाबा कन्धैया दास
गंगा बाबा, राधे बाबा, आइरन बाबा, बाबा रामनारायण र इन्दु नामका यी नेपाली बाबाहरू तराईमूलका हुन् । उनीहरू विगत ३० वर्षदेखि पशुपति परिसरमा बस्दै आएका छन् ।
विशेषतः पर्यटकसँग फोटो खिचाउने र फोटो खिचेपछि दिने पैसाले जीविका धान्दै आएका छन् ।
पशुपतिमा आउने पर्यटक र फोटोग्राफरहरूको आकर्षणको रूपमा पनि यी पाँच बाबाहरू रहने गर्छन् । त्यहाँ रहेका बाबामध्ये राधे बाबाले शिवरात्रि भगवान् शिवको जन्मदिन भएको कारण हर्षोल्लास गर्नुपर्नेमा शिवजीको प्रसाद भन्दै गाँजा खानु गलत भएको बताए ।
शिवजीले गाँजा खान कसैलाई नभनेको बरू शिवले कालकूट विष पिएर मानिसको रक्षा गरेको भन्दै यसलाई उल्टो अर्थमा लिएर मानिसहरू गाँजा र भाङ खाने गलत बाटोतिर लागेको उनको भनाइ छ ।
बाबा कन्धैया दास
भारतको रामनगरमा बस्ने बाबा कन्धैया दास साहब विगत ३१ वर्षदेखि शिवरात्रिका बेला पशुपतिमा नियमित आइरहेका छन् । उनी शुद्ध शाकाहारी बाबा हुन् । उनी पनि शिवरात्रिमा गाँजा खाने प्रवृत्ति गलत भएको मान्छन् ।
पशुपतिमा माथिल्लो मठमा बस्दै आएका उनी शालीन बन्दै आफ्नै मुद्रामा मुस्कुराउँदै गरेको भेटिन्छन् । लोकान्तरको सहयोगमा
0 comments:
Post a Comment