काठमाण्डौ - महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ९ स्थानबाट चल्ने सवारी–साधन प्रवेशमा रोक लगाएको छ ।
महाशाखाले चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवीचोकबाट पुरानोबानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखामार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी–कुटुबहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुन्ड तथा मित्रपार्कतर्फ तथा तिलगंगाबाट गौशालातर्फ रोक लगाएको हो ।Image result for lord shiva nepal
यस्तै, मालबाहक सवारी–साधनलाई तीनकुनेबाट सिनामंगलतर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालबाहक सवारी–साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारी–साधनलाई चुच्चेपाटीबाट चाबहिलतर्फ व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ ।
यसैगरी, नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा चक्रपथ परिक्रमा गर्ने यात्रीबाहक सवारी–साधनलाई, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ ।
रातोपुल गौशाला, चाबहिल हुँदै बौद्धतर्फ चल्ने सवारी–साधनलाई पुरानोबसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपालचोक, सुकेधारा, चाबहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाएकोे छ ।
यस्तै, कलंकी, हल्चोक, बालाजु, महाराजगन्ज भएर चल्ने सवारी–साधनलाई सुकेधारा भएर राजधानी पेट्रोलपम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ ।
रातोपुल, गौशाला भएर चाबहिलतर्फ जाने सवारी–साधनलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चाबहिल, गणेशस्थान हुँदै बौद्ध, जोरपाटीतर्फ जाने र फर्कंदा चाबहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानी विभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको छ ।
यस्तै, शंखमूल, नयाँबानेश्वर, पुरानोबानेश्वरतर्फबाट चल्ने सवारी–साधनलाई पुरानोबानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाएको छ ।
यसैगरी, विदेशी पर्यटकका सवारी–साधनलाई तिलगंगा, भारतीय दर्शनार्थीका साना सवारी–साधन र पासवाला सवारी–साधनलाई अमालकोट, स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तीर्थयात्रीका सवारी–साधनलाई सिफल चौर, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी–साधनलाई गौशाला प्रभाग, पासवाला सवारी–साधनलाई कोषको कार्यालय र बौद्ध, जोरपाटीतर्फबाट आउने भक्तजनका सवारी–साधनलाई गुह्येश्वरीमा पार्किङको व्यवस्था मिलाइएको छ । 

Source: ARTHASAROKAR

0 comments:

Post a Comment

 
Top