काठमाडौं, फागुन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका दिन शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर पशुपतिनाथको दर्शन एवं पूजा–आराधना गरेकी छन् ।
राष्ट्रपति भण्डारी मन्दिर पुग्दा मन्दिर परिसरको सुरक्षा व्यवस्था भने कडा बनाइएको थियो ।
पशुपति क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच सय र राष्ट्रिय अनुसन्धान विभागका चार सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
स्रोत :ईमेजखबर

0 comments:
Post a Comment