वीरगञ्ज, १३ फागुन । ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ ।

निर्वाचनका लागि संगठन दर्ता कक्षमा बिहीबार मधेशवादी दल आवद्ध विद्यार्थी संगठनले आगजनी गरे । आगजनी घटनापछि निर्वाचन अधिकृत प्राध्यापक डा. हैम्मुदुर रहमानले पदबाट राजिनामा दिएपनि निर्वाचन अनिश्चित बनेको हो ।

चुनाव सार्न माग गर्दा नेविसंघ, अखिल र अखिल क्रान्तिकारी नमानेको भन्दै मधेसी दल आवद्ध विद्यार्थी संगठनले पेट्रोल छर्की संगठन दर्ता कार्यकक्षमा आगो लगाएका थिए ।

आगजनीमा संगठन दर्ता कार्यकक्षको टेबल, सोफा, कुर्सी, सूचनापाटी, तथा अन्य आवश्यक कागजात जलेका छन् । आगजनी अघि संगठन दर्ता पुस्तिका विद्यार्थीहरुले च्यातेका थिए।

आगजनीमा तराई मधेश विद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव ओमलोक सिंह घाइते भएका छन् । उनको दाया खुटा पोलेको छ ।

मधेसी दलका विद्यार्थी संगठनले माओवादी, एमाले, र काग्रेसका विद्यार्थी संगठनले गत माघ १३ र १४ गते फर्जी विद्यार्थीहरुलाई भर्ना गराई निर्वाचन प्रक्रियालाई प्रभावित पारेको आरोप लगाउँदै आएका छन् । उक्त भर्ना रद्द गर्नुपर्ने माग उनीहरुको छ।

मागमा वेवास्ता गरेका कारण प्रतिकार स्वरुप घटना भएको तमलोपा निकट तराई मधेस विद्यार्थी फ्रन्ट एकाई अध्यक्ष विशालकुमार बिटुले बताए । उनले माग पुरा नभएसम्म स्ववियू निर्वाचन हुन नदिने चेतावनी समेत दिए ।

यता, चुनवाको प्रक्रिया स्थगित गर्ने कि सुरक्षा प्रबन्धमा अघि बढाउने भन्ने विषयमा क्याम्पस प्रशासन छलफलमा रहेको क्याम्पस प्रमुख कुशवाहाले बताएका छन् ।

0 comments:

Post a Comment

 
Top