विराटनगर – नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्ने चाहनागरेका छन् ।
तर, कानुनको अभावमा उनीहरुले विवाह गर्न पाउने अवस्था विराटनगरमा मंगलबार निल हिरा समाज र परिवर्तशील समाजले अयोाजना गरेको अन्तरक्रिया कार्यक्रममा एकसय जोडी समलिंगी विावहको प्रतिक्षामा रहेको जानकारी दिए ।
निलहिरा सामाजका सञ्चार अधिकृत माधव दुलालले संस्थागत रुपमा जानकारी गराएर एक सय जोडी समलिंगीले विवाह गर्न चाहेको जानकारी दिए । उनले भने,‘सर्वोच्च अदालतले लिभिंग टुगेदरको विषयमा उमेर पुगेकाले बस्न पाउने फैसला गरेकोले सँगै बस्न पाएका छन् तर विवाहको अधिकार भने छैन् ।’
उमेर पुगेका व्यक्तिले सँगै बस्न पाउने भएजस्तै विवाह पनि गर्न पाउनु पर्ने समलिंगी तेस्रो लिंगी महिलाको माग रहेको परिवर्तनशील समाज विराटनगरकी अध्यक्ष मुस्कान श्रेष्ठले बताइन । उनले भनिन्,‘पहिले नै नागरिकता लिएकाहरुका लागि नाम परिवर्तन गरेर लिन समस्या भई रहेको छ ।’
उनले आयआर्जनका लागि स्थानीय निकायले बजेट दिएपनि सोचेजति काम हुन नसकेको बताइन् । वृत्तिविकास र आयआर्यजनका लागि व्यवसायमुलक तालिमसमेत दिने गरिएको श्रेष्ठले जानकारी दिएकी छिन् । मोरङमा ११ हजार समलिंगी र तेस्रो लिंगी छन् ।आजको अन्नपूर्ण पोष्ट मा खबर छ ।

0 comments:

Post a Comment

 
Top