फागुन १० | एजेन्सी
गर्भवती भनिएकी एक युवती गर्भमा आफ्नो सन्तान नभई मृत्यु पालिरहेको पत्ता लागेपछि विचलित भएकी छिन् ।
२० वर्षीया एलिस हलले सन् २०१६ को जुन महिनामा बारम्बार रिंगटा लाग्ने समस्या देखिएपछि गर्भ परिक्षण गर्ने सोच बनाइन् । डाक्टरले उनलाई चार महिनाको गर्भवती घोषित गरिदिए ।
सुरुमा अचम्मित भएपछि एलिस र क्रिस्टोफर टोल्स, २४, उनको ९ महिने प्रेमी, आमाबुवा बन्न लागेकोमा निकै खुसी थिए ।
तर आठ हप्तापश्चात् एलिसको अत्यधिक रक्तश्राव भयो र तत्काल हेर्फोर्ड कन्ट्रि अस्पताल पुर्याइयो ।
‘डाक्टरले मेरो गर्भपतन भएको बताए । खबर सुनेर म निकै बिक्षिप्त भएँ,’ उनले सन्डे मिररलाई बताइन् ।
‘तर गर्भ परिक्षणले म अझै पनि गर्भवती भएकै देखाइरहेको थियो किनभने मेरो पाठेघरले त्यहाँ बच्चा भएको सोचिरहेको थियो र मेरो शरिरले गर्भवतीको लक्षण देखाइरहेको थियो ।’
एलिसलाई घर फिर्ता पठाइयो तर एक हप्तापछि अत्यधिक पिडा भएपछि उनी पुनः अस्पताल भर्ना भइन् ।
डाक्टरहरुले उनको स्थितीलाई इक्टोपिक प्रेगनेन्सीको संज्ञा दियो । यो यस्तो स्थिती हो जसमा बच्चा गर्भमा नहुर्किई फ्यालोपियन ट्युबमा हुर्कन्छ ।
परिक्षणका क्रममा मेरो गर्भ सुन्निएको देखियो । डाक्टरहरुलाई यसको कारण के हो भन्ने थाहा थिएन तर यो साधारण गर्भ होइन भन्ने कुरामा निश्चिन्त थिए,’ उनले सन्डे मिररलाई बताइन् ।
उनले गर्भबाट ‘प्रेगनेन्सी टिस्यु’ हटाउनु पर्यो । त्यसको दुई दिनपछि रगत परिक्षण गर्दा उनको हर्मोनको स्तरमा अत्यधिक कमी पाइयो । यद्यपी, त्यसको पनि दुई दिन पछि एलिसले अर्को गर्भ परिक्षण गरिन् जसको नतिजा सकारात्मक आयो ।
उनको स्थिती नाजुक देखेपछि चेरिङ क्रस अस्पतालमा रिफर गरियो । त्यहाँ उनलाई जेस्टेसनल ट्रोफो–ब्लाष्टिक नियोप्लासिया (जिटिएन) ले उनको गर्भमा ट्युमर बढ्न सहयोग गरिरहेको थियो ।
त्यहाँ डाक्टरहरुले उनको गर्भको टिस्युलाई हटाए जुन पछि क्यान्सरको टिस्यु भएको पत्ता लाग्यो ।
उनको यो रोग निकै विरलैलाई लाग्ने रोग हो । बेलायतभरी यसको दुईवटा अस्पतालमा मात्र उपचार हुन्छ ।
उनले ८ पटक केमोथेरापी गराइन् जसले उक्त ट्युमरलाई बढ्न रोक्थ्यो ।
सेप्टेम्बर महिनाको एक बिहान उनी अत्यधिक पीडाका कारण उठिन् । एलिसले डाक्टरलाई बोलाइन् जसले उनी सुत्केरी व्यथामा भएको बताए ।
उनलाई हेयरफोर्ड कन्ट्रि अस्पतालमा पुर्याइयो जहाँ उनले एक ट्युमरलाई ‘जन्म दिइन्’ जसको तौल १ किलो भन्दा अलि बढि थियो ।
तीस घण्टाको दुखाई पछि उनले उक्त ट्युमरलाई ट्वाइलेटमा निकाल्न सफल भएको बताइन् ।rato pati
Home
»
Amazing
» बच्चा ठानेर गर्भमा आफ्नो मृत्यु पालिरहेकी थिइन् यी युवतीले, वास्तविकता थाहा पाउँदा उड्यो होश
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment