
न्यूज २४मा कार्यक्रम प्रशारण भएको दुई हप्ता पछि हामी पुन अस्पताल पुग्दा त्यहाँ केहि सुधार दखिएन । आस्पतालमा उचित सरसफाई नहुदा त्यहाँ रहेको विरामीसंग विरामी कुरुवालाई पनि असर पर्ने गरेको छ । यति सम्मकी अस्पतालको शौचालय जान शौचालय प्रयोगकर्ता आफै पानि खोज्दै जानु पर्ने हुन्छ । अस्पतालमा पानीको चरम अभाब हुँदा अस्पतालका शौचालय हरु दुर्घन्दित छन् । यसले अस्पताल आउनेहरुको स्वास्थ्यमा संक्रमण फैलिन सक्ने जोखिम बढ्दो छ ।
NEWS24NEPAL
0 comments:
Post a Comment