काठमाडौं, फागुन १२ – महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोलीले काठमाडौंका विभिन्न स्थानबाट नक्कली प्रहरी टोली बनेर लुटपाट गर्ने गिरोह पक्राउ गरेको छ ।
गएको मंगलबार दिउँसो काठमाडौं न्यूरोडमा रहेको ग्लोबल आईएमई बैंकबाट प्रेम नारायण खराल र बिधान खरालले ४ लाख २७ हजार रुपैयाँ निकालेर निस्किए । उनीहरुलाई केही अपरिचित व्यक्तिको समूहले नियन्त्रणमा लिएर आफूहरु अख्तियारबाट आएको प्रहरी भन्दै डल्लुसम्म हिँडाएर लगे । डल्लुबाट उनीहरुलाई ट्याक्सीमा चढाई खुकुरी देखाई डर धाक धम्की दिई बसुन्धारा लगेर ४ लाख २७ हजार रुपैयाँ लुटे । रकमसँगै एउटा आइफोन, एउटा सामुसुङ मोबाइल र तीनवटा चेकसमेत लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पीडितहरुले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा प्रहरीले गएको बुधबार रुकुम माइकोटका विश्वास घर्तीमगर, गोरखा ताप्लेका नारायण बाँनिया, गोरखा नगरपालिका-२ का सुदिप थापा मगर, गोरखा ताप्लेका अशोक बाँनिया, रुकुम माईकोटका धनकुमार परियार र गोरखा ताप्लेका शिवबहादुर बाँनियालाई पक्रेको हो । उनीहरुको साथबाट लुटिएको नगद, चेक, मोवाइलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।
यस्तो छ भित्रि कुरो
विश्वास घर्ती मगर र नारायण बाँनिया बिच एक महिना अगाडी चिनजान भई लुटपाट गर्ने योजना बनेको थियो । प्रहरीले आफूहरुलाई शंका नगरोस भन्नका लागी प्रहरीसँग नजिक हुन उनीहरुले समय समयमा प्रहरीहरुलाई बिभिन्न सूचनाहरु समेत दिने गरेका थिए । नारायण बाँनिया एक वर्ष अगाडी कोरियाबाट फर्की काठमाण्डौमा हुन्डीको काम सुरु गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पहिले नारायण बाँनियाले काठमाडौं न्युरोडमा रहेको बिभिन्न बैंकहरुमा रकम झिक्न आउने ब्यक्तिहरुको निगरानी गर्ने काम गरेका थिए । लुटपाटको घटना घटाउनको लागी विश्वास घर्ती मगर र नारायण बाँनिया भई सहयोगीहरु खोज्ने क्रममा बिश्वास घर्ती मगरले धन कुमार परियारलाई काममा ल्याएको र नारायण बाँनियाले सुदिप थापा मगर, अशोक बाँनिया र शिब बहादुर बाँनिया लाई ल्याएको प्रहरीले जनाएको छ ।
लुटपाटको योजना अनुरुप उनीहरु गएको मंगलबार न्युरोड गएका थिए । त्यहाँ प्रेम नारायण खराल र बिधान खरालले न्युरोड स्थित ग्लोबल आईएमई बैंकबाट चेक साटी पैसा लिएर बाहिर निस्कने क्रममा नारायण बाँनियाले समूहको अन्य सदस्यहरुलाई सूचना दिई पिछा गर्न लगाएका थिए ।
सुदिप थापा मगर, अशोक बाँनिया, शिब बहादुर बाँनिया, धन कुमार परियार र बिश्वास घर्ती मगरले पीडितहरुलाई पिछा गरी ‘हामीहरु प्रहरी हौँ, तिमिहरुले हुन्डीको काम गर्दा रहेछौ, तिमिहरुलाई कारबाही हुन्छ’ भनी नियन्त्रणमा लिई हिँडाएर नै डल्लु लगेका थिए । डल्लुपछि बसुन्धारा लगेर उनीहरुले लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुमध्ये शिव बहादुर बाँनिया र अशोक बाँनिया नेपाली सेनाको पूर्व कर्मचारीसमेत रहेको प्रहरीले जनाएको छ ।उज्यालो अनलाइनको सहयोगमा


0 comments:

Post a Comment

 
Top