काठमाडौँः पछिल्लो समय तराई–मधेससहितका क्षेत्रमा देश टुक्राउने अभिव्यक्तिसहितका गतिविधि बढिरहेका बेला नेपाली सेनाले आफूलाई उच्च सतर्क अवस्थामा राखेको छ ।
मधेस आन्दोलन तथा त्यसको पृष्ठभूमिमा सिके राउतसहितका व्यक्ति र समूहले देश टुक्राउने गतिविधि सार्वजनिकरुपमै गरिरहेका बेला सेनाले आन्तरिकरुपमा सक्रियता तीव्र पारेको हो ।
देशको राजनीतिक अवस्था जटिल बन्दै गइरहेका बेला सेनाले यसबीचमा उच्चस्तरका विभिन्न बैठक पनि गरिसकेको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पाँचै क्षेत्रका पृतना तथा बाहिनीपतिहरुसँग हुने नियमित छलफललाई पनि बाक्लो बनाइरहेका छन् ।
यसैबिच ‘सेना दिवस २०७३’ को उपलक्ष्यमा जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति क्षेत्रीले मन्तव्य दिँदै देशको विकसित घटनाक्रमबारे गम्भीर टिप्पणी गरेको छन् ।
सेना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले केही विखण्डनकारी शक्तिहरू देश टुक्राउने गतिविधिमा लागेको बताएका छन् ।
प्रधानसेनापति क्षेत्रीले देशमा विखण्डन ल्याउनका लागि केही शक्तिहरू हतियार उठाउने तयारीाम लागेको कुरा समेत मन्तव्यमा उल्लेख गरे ।
‘केह विखण्डनवादी शक्तिहरूले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुका साथै केही समूहहरुले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती आएको छ’, नेपाली सेना अधिकृत तथा जवानलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘पुर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निष्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहेको छ ।’
प्रधानसेनापति क्षेत्रीले नेपाली सेना सारा नेपालीको साझा राष्ट्रिय सेना भएको बताउँदै राज्य सङ्कटमा वा विपद्मा पर्दा नेपाली सेनाले गरेको निःस्वार्थ सेवाले जनताको विश्वास, आस्था र भरोसा जितेको पनि उल्लेख गरे ।
‘नेपाली सेनाको इतिहास, राज्यको प्रारम्भिक अस्तित्वसँगै जोडिएको एवम् देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि पूर्वजहरुले देखाएको वीरताका गाथाहरु इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएको छ’, उनले भने, ‘समयानुसार परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसाथ गर्दै आएको छ ।’
उनले सम्बोधनका क्रममा राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न कुनै कसर बाँकी नराख्ने पनि दाबी गरे ।
‘केही विखण्डनवादी शक्तिहरूले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुका साथै केही समूहहरुले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती आएको छ’, नेपाली सेना अधिकृत तथा जवानलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘पुर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निष्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहेको छ ।’
‘नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनले निर्दिष्ट गरेका नियम र कानुनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी राख्दैन’, क्षेत्रीले भने, ‘देशको रक्षाका लागि प्राप्त हुने सबै किसिमका जिम्मेवारी पूरा गर्न नेपाली सेनालाई सक्षम र व्यावसायिक सैनिक सङ्गठनको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उपलब्ध स्रोत साधनहरूको अधिकतम् प्रयोग गर्न तयार छौँ ।’
क्षेत्रीले सेनाको सबल र सक्षम सङ्गठन तयार गर्ने, नागरिक—सैनिक सम्बन्धलाई सुदृढ गर्ने, उच्च मनोबल युक्त फौज तयार गर्ने र वृत्तिविकास प्रणालीलाई व्यवहारिक बनाउने कार्यलाई निरन्तरता दिइरहेको पनि उल्लेख गरे ।
स्रोत: कारोबार

0 comments:

Post a Comment

 
Top