
कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ। सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन्।जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ। मैले श्रीमान हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे।
त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो।’ डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ। दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ।’ उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए। लाइट नेपालबाट साभार गरिएको |
तल आफ्नो प्रतिक्रिया दिनुहोस !
0 comments:
Post a Comment