काठमाडौंः बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले राजीनामा दिएका छन्। पूर्णकालिन राजनीति गर्न मिश्रले राजीनामा दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
उनले केही समयअघि नै राजीनामा दिएको र उक्त निर्णय मंगलबार (आज)बाट लागू हुँदैछ। केहीबेरमा आफ्नो राजीनामा र आगामी राजनीतिक यात्राबारे विज्ञप्तिमार्फत जानकारी दिने मिश्रले जानकारी दिए।
मिश्रले विभिन्न राजनीतिक दलका युवा नेताहरुसँग नयाँ राजनीतिक पार्टी स्थापनाका लागि प्रयास र छलफल गर्दै आएका थिए। मिश्र लामो समयदेखि बीबीसी नेपाली सेवाको प्रमुखका रुपमा कार्यरत थिए।

0 comments:

Post a Comment

 
Top