काठमाडौं, १५ फागुन । ओमनका लागि नेपाली राजदूतमा सिफारिश शर्मिला पराजुली ढकालले आफू अहिलेसम्मै कुनैपनि म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गरेकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा शनिबार साँझ पत्रकार सम्मेलन गरेर पराजुलीले राजदूत सिफारिश भए लगत्तै आफू म्यानपावर व्यवसायमा संलग्न भएको खबर सार्वजनिक भएकोमा कुनै सत्यता नरहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘यो खबरले म अत्यन्तै मर्माहत भएकी छु । कुनै म्यानपावरमा मेरो संलग्नता छैन् ।’

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटामा राजदूत नियुक्तिका लागि सिफारिस भएकी पराजुलीको शैक्षिक योग्यता, मेनपावर व्यवसाय, ठगी आदिका विषयमा चौतर्फी कटुआलोचना भएपछि पत्रकार सम्मेलन गरेर आफ्ना विषयमा जानकारी गराएकी हुन् ।

प्रेस वक्तव्यमा उनले भनेकि छिन्, ‘सरकार र राजनीतिक दलहरूप्रति मेरो क्षमतामाथि विश्वास गरेर ओमानको राजदूतमा सिफारिस गरेकोमा आभार प्रकट गर्न चाहन्छु । एउटा नेपाली नागरिकका नाताले सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतले ममाथि गरेको विश्वासमा खरो उत्रिने वाचा गर्न चाहन्छु ।’

पराजुलीले आफूलाई मलेसियाबाट डिपोर्ट गरिएको भनेर समेत समाचार आएकोमा खेद व्यक्त गर्दै भनिन्, ‘मेरो पासपोर्ट हेर्न सक्नुहुन्छ, यो गलत कुरा हो, हुन त मिडियाका साथीहरूले मसँग आएर मेरो बारेमा केही सोधिदिए हुन्थ्यो भन्ने मलाई लागेको थियो । आउनुभएन् ।’

उनले संयुक्त अरब इमिरेटसमा अध्ययन तथा व्यावसाय गर्दै आएको आफूमाथि राज्यले गरेको विश्वासमा खरो उत्रिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘मैले संयुक्त अरब इमिरेट्सको दुबईमा बसेर अध्ययनका साथै कस्मेटिक्स व्यावसाय गरिरहेकी थिएँ । दुबईको ओलङगुन विश्वविद्यालयमा मैले बिजनेश स्टडिजमा अध्ययनरत छु । त्रिभुवन विश्वविद्यालयबाट पनि मैले अंग्रेजीमा स्नाकोत्तर गरेकी हुँ । अहिले म बेद र बाइबलमा केन्द्रित रही नेपाल संस्कृत विश्वविद्यालयबाट महिला सुरक्षा विषयमा विद्यावारिधी गरिरहेकी छु ।’

0 comments:

Post a Comment

 
Top