काठमाडौं, १५ फागुन । संविधान संशोधनको विधेयमा पूरक प्रस्ताव दर्ता गराउने विषयमा मधेसी मोर्चा आवद्ध दलका मुख्य सचेतक, सांसद तथा अन्य दलका नेताहरूसँग परामर्श हुने भएको छ ।
सिंहदरबारस्थित तराई मधेस लोकतान्त्रिक पार्टी संसदीय दलको कार्यालयमा बिहान ११ बजे हुने छलफलमा पूरक प्रस्तावका विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
मधेसी मोर्चाका सांसद तथा अन्य दलहरूका प्रतिनिधीसँग हुने छलफलका आधारमा पूरक प्रस्ताव तयार पारिनेछ ।
मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नुपर्ने अडान राख्दै आएको छ ।
0 comments:
Post a Comment