अझै किन सहज भएन उपत्यकामा पेट्रोल ?
काठमाडौं – नियमित भन्दा दोब्बर आपूर्ति गरिरहँदा पनि राजधानीमा इन्धन अभाव देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

ट्याङकर चालक र ढुवानी व्यवसायीले स्वार्थ प्रेरित माग पुरा गराउन दवाव दिने उदेश्यले हडताल गर्दा राजधानीका उपभोक्ताले सहज रुपमा इन्धन पाउन नसकेका हुन् ।

टयाङकर ढुवानी व्यवसायीले दबाबस्वरुप शुक्रबार इन्धन लोड नगरेका कारण बजारमा उपभोक्ताको लाइन देखिएको छ । ढुवानीकर्ताले अनावश्यक विवाद निकाल्दा पनि सरकार भने आझै रमिते मात्रै भइरहेको छ ।

निगमले आइतबार, सोमबार र मंगलबार नियमित आपूर्तिभन्दा दोब्बर पेट्रोल आपूर्ति गरेको बताएको छ । तर पनि राजधानीमा इन्धन अभावले पम्पमा उपभोक्ताको लाइन लामो छ ।

बुधबार पनि इन्धनको सहज आपूर्ति भएको र ८ सय किलोलिटर भन्दा बढी खपत हुनसक्ने आंकलन गरिएको थियो ।


0 comments:

Post a Comment

 
Top