मुम्बई । विवाह पश्चात प्राय गुमनामजस्तै रहेकी बलिउड नायिका आइशा टकियाको एउटा तस्विरले हालै बलिउडमा हंगामा मच्चाएको छ ।
हालै ओंठको प्लास्टिक सर्जरी गरेकी उनले आफ्नो तस्विर सामाजिक संजालमा राखेपछि हँगामा मच्चिएको हो ।
हालै ओंठको प्लास्टिक सर्जरी गरेकी उनले आफ्नो तस्विर सामाजिक संजालमा राखेपछि हँगामा मच्चिएको हो ।
आइशाको केही मोटो र हल्का माथी उठेको ओंठको तस्विरलाई लिएर बलिउडमा विभिन्न टिका टिप्पणी भए ।
उनको तस्विर हेरेपछि कतिपयले प्लास्टिक सर्जरी कत्तिपनि नसुहाएको बताए र कडा आलोचना गरे ।
तर कतिपयले भने सुहाएको भन्दै पनि आइशाको तारिफ गरे ।
त्यस्तै केहि व्यक्तिले भने के गर्ने या नगर्ने भन्ने विषय उनको व्यक्तिगत अधिकार भएको भन्दै अनावश्यक टिप्पणी गरेर समय खेर नफाल्न पनि आग्रह गरेका छन् ।
सन् २००९ मा विवाह गरेपछि चलचित्र उद्योगबाट करिब करिब गुमनाम जस्तै रहेकी आइशा फेरी चलचित्रमा कमव्याक गर्ने तयारीमा छिन् ।
कमव्याककै लागि आइशाले आफ्नो ओंठको सर्जरी गरेको हल्ला पनि यतिबेला बलिउडमा चलेको छ । नेपालीपत्रको सहयोगमा


0 comments:
Post a Comment