१६ फागुन, काठमाडौं। बंगलादेशमा जारी शेख–कमाल अन्तर्राष्ट्रिय फुटबलको सेमिफाइनलमा नेपालको मनाङ–मर्स्याङ्दी क्लब मालदिभ्सको टिसी स्पोर्टसक्लबसँग १-० ले पराजित भएको छ।
पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको ८३ औँ मिनेटमा नेपालले गोल खाएको हो।
समुह बीको उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको मनाङ उत्कृष्ट खेल खेल्दा पनि पराजित हुन पुग्यो। नेपालको प्रदर्शनको अगाडी नेपालका राष्ट्रिय टिमका गोलकिप्पर किरण चेम्जोङ बाधक बने।
किरण चेमजोङ मालदिभ्सको टिसी स्पोर्टसक्लका गोलकिपर हुन। मनाङले गरेको पटक-पटक को प्रहार किरणले बचाउ गरेका थिए।
टिसी स्पोर्टसक्लका गोलकिपर किरण चेम्जोङ म्यान अफ द म्याच भए। उनले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरे।नेपाली हेडलाइन्सको सहयोगमा

0 comments:
Post a Comment