युवा संघ नेपालका प्रवक्ता प्रभातविक्रम कटवालले दिएको जानकारी अनुसार डायरिया भएपछि ज्ञवाली सोमबार अस्पताल भर्ना भएका हुन् ।
‘उहाँ तीन दिनदेखि विरामी हुनुहुन्छ,’ कटवालले भने- ‘पखाला लागेर पेट साह्रै दुखेपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको हो । जाँच भइसक्यो । फाइनल रिपोर्ट आउन बाँकी छ । सायद भोलि डिस्चार्ज हुनुहुन्छ होला ।’
ज्ञवाली विरामी परेपछि पार्टीका नेता कार्यकर्ता उनलाई भेट्न अस्पताल पुगेका छन् ।
0 comments:
Post a Comment