झडपका क्रममा १५ जना आरक्ष पीडितहरु घाइते भएका छन भने ३ जना प्रहरी घाइते भएका छन । आज विहान ९ बजेदेखि पुर्वपश्चिम राजमार्गको कलवापुर सडकखण्ड बन्द गर्न बसेका आरक्ष पिडितहरुलाई हटाउन खोज्दा झडप समेत भएको छ । झडपमा पनि आरक्ष पिडित भुवनबहाुदर सिंहको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य कैयौ आरक्ष पिडितहरु घाइते भएका छन ।
घाइतेहरुको महाकाली अन्चल अस्पतालमा उपचार भइरहेको आरक्ष पिडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताउनु भएको छ । यसैगरि प्रहरी निरीक्षक पदमराज भट्ट सहित २ जना प्रहरी समेत घाइते भएको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरीले आरक्ष पिडित दमन भाट, मोतिराम डगौरा, भगिरथ भट्ट, हरि टमटा, शेरसिंह विष्ट, पार्वती थापा, टठुले चुनारा, विष्णु दत्त भट्ट र अन्न्वा साउद लगायतका ११ जना आरक्ष पिडितहरुलाई पक्राउ गरेको छ ।
सयौंको संख्यामा रहेका आरक्ष पिडितहरुलाई यातायात सुचारु गर्न अनुरोध गरेपनि आरक्षपिडतहरुले अटेर गर्दा प्रहरीले सामान्य बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरका प्रहरी प्रमुख एसपी राजबहादुर चन्दले बताउनु भएको छ ।
यसैविच आरक्ष पिडितहरुको समस्या समाधान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय कन्चनपुरमा सर्बदलीय बैठक बोलाइएको भएपनि आरक्ष पिडितका प्रतिनधिहरु बैठकमा उपस्थित नहुदा विना निष्कर्ष बैठक टुंगिएको छ । आरक्ष पिडितहरुको उपस्थिति नहुंदा कुनै निर्ण गर्न नसकिएको शुक्लाफांटा राष्टिय निकुन्जका वार्डेन बेदकुमार ढकालले बताउनु भएको छ ।
आरक्ष पिडितहरुको समस्या समाधानका विषयमा भएको सर्बदलीय बैठकमा उपस्थित राजनैतिक दलका प्रतिनिधिहरुले आरक्ष पिडितहरुको समस्या समाधान गर्ने विषयमा नेपाल सरकारद्धारा गठित कार्यदलको मुख्य जिम्मेवारी भएकोले कार्यदल नै गम्भीर हुनुपर्ने सुझाव दिएको कन्चपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम कुंवरले जानकारी दिनु भएको छ ।
आरक्ष पिडितहरुको आन्दोलन प्रति विभिन्न संघ संगठनहरुले ऐक्यबद्धता जनाउन थालेका छन । न्यायिक पुनस्थापनाको माग गर्दै शुक्लाफांटा बन्यजन्तु आरक्षबाट विस्थापितहरुले शुरु गरेको आन्दोलनप्रति राष्टिय निकुन्ज मध्यवर्ति क्षेत्र जनाधिकार महासंघ, भूमी अधिकार मन्च, हलिया मुक्ति समाज, नेकपा माओबादी –बैद्य, र विभिन्न सुकम्बासी संंगठनहरुले एक्यबद्धता जनाएका छन ।
आरक्ष पिडितहरुको समस्या समाधानमा ढिलाई गरिए ३७ लाख राष्टिय निकुन्ज प्रभावित समुदायले देशव्यापि आन्दोलन गर्ने मध्यवर्ति क्षेत्र जनाधिकार महासंघका केन्द्रिय अध्यक्ष छविला न्यौपानेले चेतावनी दिनु भएको छ । आरक्ष पिडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आउनु भएका न्यौपानेले अब आन्दोलन देश व्यापिरुपमा अगाडी बढ्ने समेत बताउनु भएको छ । आरक्ष पिडितहरुले शिवरात्रीलाई मध्यनजर गर्दै २ दिनका लागि आन्दोलन स्थगित गरिएको जनाएका छन ।
Source: DAINIKNEPAL
0 comments:
Post a Comment