मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । स्वास्थ्य सम्बन्धि साना तिना पुराना समस्या हल भएर जानेछन् ।
शुभ अंक — ५,९ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे,वा) – व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
शुभ अंक — ५,८ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को,हा) – प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुन सक्छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलकाहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ ।
शुभ अंक —१,४ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे) – पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।
शुभ अंक — ५,९ शुभ दिशा — दक्षिण
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) – अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिने र ति योजना अनुशार काम अगाडि बढाउँदा प्रतिष्ठित ब्याक्तित्वहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।
शुभ अंक —२,९ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) – काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नजाने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय पात्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।
शुभ अंक — १,७ शुभ दिशा —उत्तर
शुभ रंग — हरियो कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा, आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । मनमा अशान्ति पैदा हुने तथा आफुलाई समाल्न मुस्किल पर्नेछ ।
शुभ अंक — २,५ शुभ दिशा — पश्चिम
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) – दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् ।
शुभ अंक —६,९ शुभ दिशा — पुर्व
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । समाजमा सर्बसाधारणको काम गर्दा गर्दै पनि बिपक्षीहरुले भ्रम सिर्जना गरेर तपाईको साख गिराउँन लागि पर्नेछन् । समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् भने ति निर्णयहरुको सर्बत्र आलोचना हुनेछ । आफन्तजन तथा कुटुम्बहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ
शुभ अंक —१,६ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा) – हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ भने बिपक्षहिरुको माग सम्बोधन गर्न गतिलो भुमिका निभाउन सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् ।
शुभ अंक — ३,७ शुभ दिशा —उत्तर
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – बिदेशी भुमिमा बसेर गरिने लगानि तथा कामबाट मनग्गे आम्दानि हुनेछ भने स्वदेशी भुमिमा गरिने व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुन सक्छ । शिक्षा तथा कामको लागि लामो दुरिको बिदेश यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग सैद्धान्तिक बिषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बडे फाईदा हुने देखिन्छ ।
शुभ अंक —३,८ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
0 comments:
Post a Comment