काठमाडौं । भारतीय राजदूत रन्जित रायले आफ्नो कार्यकालमा विगतमा रोकिएका हुलाकी सडक, जलविद्युत् परियोजना र पूर्वाधार विकास अघि बढेको प्रसंग उल्लेख गर्दै कोसी उच्च बाँध बनाउने चाहना पनि अघि सारेका छन् । रिपोर्टर्स क्लबमा अायोजित कार्यक्रममा उनले बाँध बाँधिएको पानीमा चतरादेखि कोलकातासम्म पानीजहाज चल्ने र यसले नेपालको समुद्रसँग सम्पर्क जोडिने बताए ।
‘अब हामी कोसी उच्च बाँध र कमला डाइभर्सन अघि बढाउन चाहन्छौँ, जसबाट नेपालमा सिँचाइको सुविधा होस्, भारतको बिहारमा बाढी नियन्त्रण होस्,’ रायले भने, ‘हामीले भारतको कोलकाता र बनारसबीचमा पानीजहाज चलाएका छौँ, यसैगरी कोसी उच्च बाँधपछि सुनसरीको चतरादेखि कोलकातासम्म पानीजहाज चल्नेछ । यसबाट नेपाल र भारत दुवैलाई रणनीतिक लाभ हासिल हुनेछ ।’
रायले आगामी जुनसम्म पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनमा सहमति हुने बताए । ‘उक्त परियोजनाले नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका जनताका जीवनमा क्रान्ति ल्याउनेवाला छ,’ रायले भने, ‘पञ्चेश्वरभन्दा पहिला महाकालीमा पुल निर्माण हुनेछ, जसबाट पञ्चेश्वरमा विद्युत् उत्पादन हुने टर्बाइनलगायतका सामान लगिनेछ ।’आजको नयाँ पत्रिकामा खबर छ ।
Home
»
bisesh
»
Desh
» कोसीमा उच्च बाँध बनाउने भारतको चाहना – राजदूत भन्छन्, ‘चतरादेखि कोलकतासम्म पानीजहाज चलाउँछाैं’
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment