काठमाडौं, फागुन १६ – बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र माल्दिभ्सको टिसी स्पोर्टस् क्लब खेलिरहेका छन् ।
समूह उपविजेता बनेको मनाङ र समूह विजेताको रुपमा टिसी स्पोर्टस अन्तिम चारमा आएका हुन् । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आफूहरुले उनीहरुको कमजोरी बुझेर राम्रो खेल्ने प्रतिक्रिया दिएका छन् ।
मनाङ लिग चरणमा एक खेलमा जित, एकमा बराबरी र एक खेलमा हार ब्यहोरे पनि हेड टू हेडका आधारमा समूह ‘बी’ उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनल पुगेको हो । टिसी स्पोर्टस समूह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । टिसी स्पोर्टसको गोलपोष्ट भने नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले सम्हालेका छन् ।

साभार उज्यालो अनलाइन
 

0 comments:

Post a Comment

 
Top