कहाँबाट चोरियो भिडियो हेर्नुस् प्रमाणअस्ट्रियामा अहिले मिस अर्थ प्रतियोगिता हुँदैछ। नोभेम्बर १९ देखि सुरु भएको प्रतियोगिताका कार्यक्रमहरु अन्तर्गत ताज पहिर्याउने काम डिसेम्बर ५ मा हुँदैछ। यसैका लागि प्रतियोगीहरुले आफ्नो परिचय भिडियो देखाउने क्रममा भारतकी सुन्दरी मिस अर्थ इन्डिया अइतल खोसलाले पनि भिडियो देखाइन्। भिडियोमा भारतको बखान गर्दै नेपालका मनमोहक दृश्य देखाइएको छ। सगरमाथा, ल्होत्से, आमादब्लम हिमाल मात्र होइन, काठमाडौँकै दृश्यसमेत भिडियोमा देखाइएको छ। केही भारतभक्तहरुलाई बेकारको आरोप लगायो यसले भन्ने लागेको भए पूरै प्रमाणै देखाउन तयार छु। भित्र हेर्नुस्
भिडियोमा देखिएको यो दृश्यमा नेपाली नम्बर प्लेट र नेपाली ट्राफिकसमेत छ। साइनबोर्डसमेत पढ्नुस्। त्यतिमात्र होइन भिडियोमा भएका पूरै मनमोहक दृश्य सबै नेपालकै हुन् र कहाँबाट चोरिएको हो त्यो पनि देखाइदिन्छु।
सबभन्दा पहिले लाजै पचाएर भारतीय आयोजकहरुले बनाएर पठाएको मिस अर्थ इन्डियाको परिचय भिडियो हेर्नुस्-
वास्तवमा यो भिडियोमा देखाइएका सबै मनमोहक दृश्यहरु Teton Gravity Research का aerial cinema expert हरुले नेपालमा खिचेका हुन्। काठमाडौँबाट हेलिकप्टरमा उडेर २४ हजार फिटको उचाइसम्मबाट GSS C520 सिस्टमको क्यामेराबाट खिचिएका दृश्यमा देखिएका हिमालहरु सगरमाथा, आमादब्लम र ल्होत्से आदि छन्। यो भिडियो नौ महिनाअगाडि सार्वजनिक गरिएको थियो। हेर्नुस्
0 comments:
Post a Comment