आज श्री शाके १९३८, वि.सं. २०७३ साल फागुन ११ गते बुधबार तदानुसार इश्वी सन् २०१७ फेब्रुवरी २२
तारिख, बिजयाएकादशीव्रत, फाल्गुन कृष्ण पक्
ष एकादशी तिथी १९:११ बजे सम्म चन्द्रमा धनु राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे /
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मिक क्षेत्रको सामान्य यात्रा रहनाले मनमा हर्ष हुने योग रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । दिन मध्यम रहला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ सम्बन्धि समस्या ले सताउला तथा सामान्य चोट पटकको योग रहेको छ । खानपानमा बिशेष ध्यान दिनुहोला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सजग रहनु होला । समय मध्यम रहेको छ । प्रेम सम्बन्धमा केहि सुधार आउने छ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य खर्च हुने योग रहेको छ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सजग रहनु होला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पराक्रममा बृद्यि हुनेछ । मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । दिन मध्यम रहला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको तपाई लगानि भोलि लाई बिशेष फाइदा जनक रहनेछ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । समय राम्रो रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मन प्रशन्न रहला । काम काज क्षेत्रमा बिशेष रुचि जाग्नेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । समय मध्यम रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च बढ्ने योग रहेको छ । बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आय आम्दानि क्षेत्रमा बिशेष राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य यात्रा रहन सक्छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा मिल्ने छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । साधारण खर्च हुन सक्छ ।
Home
»
Feature
»
Jaani Rakhau
» आजको राशिफल – मिति वि.सं. २०७३ साल फागुन ११ गते बुधबार तदानुसार इश्वी सन् २०१७ फेब्रुवरी २२ तारिख – बिजयाएकादशीव्रत, फाल्गुन कृष्ण पक्ष एकादशी तिथी
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment