सोफियाले पैतालामा स्वस्तिक चिह्नको ट्याटु बनाएपछि उनी चर्चामा आएकी मात्र होइनन्, कानुनी झमेलामा पनि फसेकी छिन् । पैतालामा स्वस्तिक चिह्नको ट्याटु देखिएको उनको फोटो सार्वजनिक भएपछि उनीविरुद्ध भारतको मुम्बईस्थित अमबोली प्रहरी स्टेसनमा उजुरी परेको छ ।
यति मात्र होइन, सोफियाले ट्याटु बनाएको कुरा सामाजिक सञ्जालमा हालेपछि अधिकांशले उनको आलोचना गरेका छन् । कतिले त उनलाई देशबाट बाहिर निकाल्नुपर्ने माग पनि गरेका छन् । कतिले चाहिँ यसलाई सोफियाको स्टन्टमात्र भएको प्रतिक्रिया दिएका छन् । यस्तो किन पनि भने भिक्षुणी बन्ने बताएको केही समयमा नै सोफिया फेरि ‘बोल्ड अवतार’मा देखिन थालेकी थिइन् ।
0 comments:
Post a Comment