काठमाडौं- सरकारले राजधानीस्थित ‘महेन्द्र नारायण निधि मेमोरियल अस्पताल’ लाई निर्देशिका विपरीत ३ करोड रुपैयाँ अनुदान दिएको छ । मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अस्पताललाई अनुदान दिएको हो ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको दबाबमा अर्थ मन्त्रालयको सहमति लिए मन्त्रिपरिषद बैठकले अस्पताललाई अनुदान दिने निर्णय गरेको स्रोतले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खवर छ ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो आदेशमा स्वास्थ्य मन्त्रालयले अस्पताललाई अनुदान दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगको थियो । सामुदायिक अस्पताललाई अनुदान दिनेसम्बन्धी निर्देशिका २०७३ले काठमाडौं उपत्यकामा खोलिएका सामुदायिक अस्पताललाई सरकारले अनुदान दिन नपाउने व्यवस्था गरेको छ ।
सन् २०११मा महेन्द्र नारायण निधि मेमोरियल फाउण्डेसले गौशालामा ५५ शैय्या क्षमताको अस्पताल सुरु गरको हो । फाउण्डेशका संरक्षका गृहमन्त्री एवं उपप्रधानमन्त्री निधि नै हुन् ।
‘केही समय स्वास्थ्य मन्त्रालयले निदेशिकाको नियमविपरित रकम नदिने अडान लिएको थियो’ स्रोतले भन्यो, ‘प्रस्तावलाई स्वास्थ्यले ४ सातासम्म रोकेको थियो । तर प्रधानमन्त्री र गृहमन्त्रीको दबाब थेग्न नसकेपछि लिखित प्रतिवद्धता गराएर प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको हो ।’
ओएस नेपालको सहयोगमा

0 comments:
Post a Comment