सहायक रथी ताराबहादुर कार्कीलाई मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्री ।
फागुन १६, काठमाडौँ : नेपाली सेनाले प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीलाई मानार्थ उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
सोमबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नति भएका कार्कीलाई जङ्गी अड्डामा विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सैनिक सेवा नियमावली, २०६९ मा व्यवस्था भएअनुसार नेपाली सेनाका साधारणतर्फका सहायक रथी ताराबहादुर कार्कीको कार्यदक्षता एवम् उनले संस्थाप्रति पुर्याएको विशेष योगदानका आधारमा सिफारिस भएअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार सेनापतिले प्रवक्ता कार्कीलाई मानार्थ उपरथीको दर्ज्यानी प्रदान गरेका हुन्।
प्रवक्ता कार्कीले नेतृत्व गरेका सबै निर्देशनालय तथा कमाण्डमा प्रशंसनीय काम गरेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
सँगै सोही समारोहमा महासेनानी (पाइलट) कुमार रायमाझीलाई प्रधान सेनापति क्षत्रीले सहायक रथी (पाइलट०) दर्जाको दर्ज्यानी चिह्नसमेत प्रदान गरेको सेनाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

0 comments:
Post a Comment