काठमाडौं,१६ फागुन । छोरा कृष्ण प्रसाद अधिकारीको मृत्युपछि अधिकारको लागि विगत पाँच बर्षदेखि वीर अस्पतालमा आमरण अनसनमा बसिरहेकी गंगामाया अधिकारीलाई जर्मन सांसद ओमिद नोरिपोरले भेटेका छन्।
ग्रीन पार्टीका अन्तराष्ट्रिय मामला प्रवक्ता समेत रहेका नोरिपोरले गंगामाया अधिकारीको न्यायको मागलाई अन्तराष्ट्रिय समुदायमा पुर्याउने आश्वासन दिएका छन्।
वीर अस्पतालको क्याविन नं. १७ मा पुगेर नोरिपोरले भने,‘तपाईको संघर्ष उदाहरणीय छ, शान्तिपुर्ण छ, तपाईको न्यायको माग विश्व समुदायको माझ पुगेको छैन् म यस न्यायको लागि काम गर्नेछु, तपाईको यो शालिन संघर्षलाई सबैले जान्नुपर्छ, बुझ्नुपर्छ, अन्तराष्ट्रिय समुदायको ध्यान जान आवश्यक छ, म त्यसको लागि पहल गर्नेछु।’
अनसनरत गंगामाया अधिकारीले आँसु बगाउँदै न्यायको लागि सबैलाई साथ दिन आग्रह गरिन्।
उनले जर्मन सांसदलाई नोरिपोरलाई भनिन्,‘म हतियार उठाउन सक्तिन, कुनै हुल दङ्गामा उत्रिन सक्दिन, मेरा मानिसलाई पनि यस्तो खालको आग्रह गर्ने हैसियतले दिदैन, मेरो अवस्था दिन प्रतिदिन जिर्ण बन्दैछ, अब मेरो जीवन अन्तिम विन्दुमा पुगेको छ, मलाई दुःखेको शरिर खप्न सारै गाह्रो भईसक्यो, म धेरै बाँच्दिन।’
गंगामायाले भक्कानिदै थपिन्,‘राज्यले करोडौ रुपैयाँ दिन्छु भनेर भन्छ, त्यो पैसौ राज्यले नै राखोस्, म पैसाको निम्ति अनसन बसेकी होईन, मलाई पैसा चाहिएको होईन, मेरो छोराको हत्यारालाई कारबाहिर होस्, मृतक छोराका हत्यारालाईै कानुनि कारबाहिको माग सहित अनसन बस्दा बस्दै मेरो श्रीमान वित्नु भयो, अब मेरो पनि दिन गन्ति सुरु गरेहुन्छ।’
भेटघाट कार्यक्रममा मानव अधिकारकर्मीहरु चरण प्रसाई, शुबोध प्याकुरेल, कनकमणि दिक्षित, राजन कुइकेल लगायतको उपस्थिति थियो।
यो समाचार रिपोर्टर्स नेपाल डट कम  बाट साभार गरिएको हो  ।

0 comments:

Post a Comment

 
Top