काठमाडौँ, १० फागुन- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनुलाई सकारात्मक रुपमा लिएको छ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक रुपमा लिएको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा सबै राजनीतिक दल र कानुनी प्रक्रियालाई मिलाएर निर्वाचनमा जानुपर्ने र स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा निर्वाचन गर्नेपर्नेमा जोड दिएको थियो । बैठकले सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिन, निर्वाचन बिथोल्ने कुनै पनि कार्य हुन नदिन र पार्टीका सम्पूर्ण कार्यकर्तालाई निर्वाचन अभियानमा लाग्न आह्वान गरेको छ ।
आजको खबरको सहयोगमा

0 comments:

Post a Comment

 
Top