काठमाडौं, फागुन १० । गत सोमबार ललितपुरको इमाडोलस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएकी २२ वर्षीया प्रिया देउजाका आफन्तहरुले पोस्टमार्टम रिपोर्ट अस्वीकार गर्दै प्रहरीवृत्त घेराऊ गरेका छन् ।


पोस्टमार्टम रिपोर्टले प्रिया देउजाले आत्महत्या गरेको देखाएपछि उनका आफन्तहरु मंगलबार दिउँसो सातदोबाटोस्थित प्रहरीवृत्त घेराऊ गर्न पुगेका हुन् । उनीहरुले प्रियाको हत्या भएको दाबीसमेत गरेका छन् ।
वृत्त घेराऊकाक्रममा प्रहरी र मृतकका आफन्तबीच सामान्य झडपसमेत भएको थियो ।
शवको प्रकृति हेर्दा उनको खुट्टा भुइँमा लत्रिएको, घाँटी र निधारमा चोटपटक लागेको पाइएको भन्दै आफन्तहरुले हत्या नै भएको दाबी गरेका हुन् ।
भिडियो हेर्नुहोस्

Source :imagekhabar

0 comments:

Post a Comment

 
Top