२. शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।
३. विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो
भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।
४. विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।
५. विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
Sarwajanik News
0 comments:
Post a Comment