काठमाडौं, १५ फागुन - चीनबाट ल्याइएका दुई वटा विमानमध्ये मोडर्न आर्क (एमए ६०) चिनियाँ जहाजले शनिबारदेखि आन्तरिक उडान सुरू गरेको छ। नेपाल वायु सेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार नयाँ चिनियाँ एमए ६० ले शनिबार दिउँसो तीन बजेबाट आन्तरिक उडान सुरू गरेको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
चिनियाँ नयाँ जहाजले २२ जना यात्रु लिएर पहिलो पटक भैरहवाका लागि उडेको उनले बताए । नयाँ जहाजको पहिलो आन्तरिक उडान पाइलट ग्रिष्म श्रेष्ठले गरेका थिए । त्रिभुवन विमानस्थलबाट दिउँसो तीन बजे भैरहवा विमानस्थलका लागि उडेको विमान शनिबारै काठमाडौं फर्किएको उनले जानकारी दिए ।
शनिबारदेखि आन्तरिक उडानका लागि निगमका पाँच वटा जहाज छन् । एमए ६० सँगै आएको अर्को वाई १२ विमानले भने अझै उडान गर्न सकेको छैन । वाई १२ को उडान पनि यसै साताबाट सुरु हुने निगमले जनाएको छ । कागजी प्रक्रिया पूरा हुनासाथ चिनियाँ वाई १२ ले पनि आन्तरिक उडान सुरु गर्ने श्रेष्ठ बताउँछन् । फेवा नाम दिइएको एमए ६० को कलसाइन ‘नाइन एनएकेआर’ छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment