फागुन १७ । करीना कपुर र सैफ अली खानको छोराको नामले धेरै चर्चा पाइरहेको छ। उनीहरुको छोराको नाम तैमुर अली खान राखेपछि यो नाममा निकै विवाद पनि भएको थियो। टर्कीका एक शासकको नाम तिमुर भएको र उनको छोराको नाम तैमुर उस्तै सुनिने भएकाले यसबारे निकै चर्चा भएको थियो।

यी सब कुराले आफूलाई असर नगरेको करीना र सैफले बताएपनि उनीहरुले आफ्नो छोराको नयाँ नाम राखेका छन्। उनीहरुले तैमुरको नाम नै परिवर्तन गरेका भने पुष्टि गरेका छैनन्।
तर, अब सैफ–करीनाले आफ्नो छोरालाई ‘लिटील जोन’ भनेर बोलाउने भएका छन्।
करीनाले आफ्नो छोराको लागि यही नाम किन रोजिन् भन्नेबारे हालसम्म केही जानकारी छैन। उनले बोलाउने नाम लिटील जोन राखेपनि केही समयअघि आफ्नो छोराको तैमुर नाम राखेकोमा कुनै पछुतो नभएको र राम्रो लागेको बताएकी थिइन्। एजेन्सी

0 comments:

Post a Comment

 
Top