यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। शाखाको तत्थ्याङ्ले देखाउँछ काठमाडौंमा हराउने र चोरी हुने मोबाइलको संख्या ठूलो छ। शाखाका अनुसार प्रत्येक दिन औसतमा काठमाडौंबाट २४ वटा मोबाइल हराउने र चोरी हुने गर्छन्। शाखा सम्हालिरहेका सबइन्स्पेक्टर राजेन्द्र भण्डारीका अनुसार चोरिएकाभन्दा हराएका मोबाइल खोजीका निम्ति धेरै उजुरी पर्ने गरेका छन्। यस्ता मोबाइल किन भेटिदैनन् त? भण्डारीका अनुसार केही अघिसम्म चोरिएका वा हराएका मोबाइल व्यक्तिले नै प्रयोग गर्थे र प्रहरीले कल लोकेसन कल डिटेलका आधारमा मोबाइल पत्ता लगाउँथ्यो। भण्डारीले भने, ‘हिजोआज चोरिएको वा भेटिएका मोबाइल फिर्ता गर्नुपर्ने डरले मोबाइल पसलहरुमा वा अनलाइनमार्फत बिक्रि गर्ने चलन बढेको छ।’
Seto Pati
- See more at: http://karnalikhabar.com/news/2017/02/21/57611.html#sthash.s4StWN2T.dpuf
0 comments:
Post a Comment