काठमाडौं, १० फागुन । तीन साताअघि विशाल बजारस्थित सालिमार ज्वेलर्समा चोरी भयो । गहना किन्न आएकी एक महिलाले गहना चोरेकी थिइन् । सिसिटिभीबाट चोरी गर्ने महिलाको पहिचान भयो । भोलिपल्ट फेरि उनी त्यसैगरी चोरी गर्न जाँदा पक्राउ परेकी थिइन् । सालिमार ज्वेलर्सका सञ्चालकले भोलिपल्ट प्रहरीलाई खबर गरेर ती महिलालाई पक्राउ गराएका थिए । उनी विरुद्ध चोरीमा कारबाही गर्न प्रहरीले जाहेरी माग्यो । तर, पसलका सञ्चालक भेटिएनन् ।
तिमीहरुको सञ्चालक को हो ? भन्दै डिएसपी सन्तोष आचार्यले पटक पटक सुन पसलका कर्मचारीसँग सोध्दा उनीहरुले विदेशमा रहेको र मालिक तत्काल आउन नसक्ने बताए । जाहेरीबिना नै चोरी मुद्दामा अनुसन्धान गर्न गाह्रो भयो । तर, जाहेरी दिन सञ्चालक नै उपस्थित नभएपछि प्रहरी समस्यामा प¥यो ।
पछि बुझ्दा उक्त सुन पसलका सञ्चालक रामशिन गोयल फरार अभियुक्त भएको खुल्यो ।
साढे ३३ किलो सुन तस्करीको घटनामा सो पसल सञ्चालक समेत संलग्न थिए । प्रहरीले भरिया मात्र नभई मुख्य तस्करलाई नै पक्राउ गर्न थालेपछि उनी भागेका हुन् । उनीमात्र नभई राजधानीका दर्जनौ सुन पसलका सञ्चालकहरु यतिबेला फरार छन् ।
आर के ज्वेलर्सका संचालक राजेन्द्र शाक्य तथा वैरभलक्ष्मी सुन पसलाका प्रमोद श्रेष्ठलगातय व्यापारी भागेका छन् । त्यस्तै रिद्धिसिद्धी लगायतका पसलका संचालकहरुमाथि सिआईबीले छानबिन अघि बढाएको छ । यो खबर दृष्टि साप्ताहिक मा छ।

0 comments:
Post a Comment